छथर गाउँपालिकाको  आधिकारिक वेबसाइटमा हजुरलाई स्वागत छ   “शिक्षा, कृषि, पर्यटन र पुर्वाधार, समृद्ध छथर निर्माणको आधार” छथर गाउँपालिका

गाउँपालिकाबाट संचालन हुने योजनाहरु २०७५/७६

गाउँपालिकाबाट संचालन हुने योजनाहरु २०७५/७६

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष:

छथर गाउँपालिका पुर्वी नेपालको १७ थुम मध्येको एक थुम छथर हो । छथरको नामाकरणका सम्बन्धमा थुपै्र किम्बदन्तीहरु रहेका छन । छथर शब्द थङथरु शब्दबाट अपभ्रम्श भएको मानिन्छ, यसको अर्थ लडाई थामियो भन्ने हुन्छ । दस्तावेजहरुमा विक्रम सम्बत १८६७ बाट छथर लेख्न थालिएको हो । खेवाहाङ्गहरु लिम्बुवानका महत्वपुर्ण शक्तिको रुपमा गनिन्थे । वि.सं १८६७ ताका यिनै छथरे खेवाले आप्mनो छुट्टै अस्तित्व खडा गरि थुमको नाम नै आफ्नै छथरी खेवाको नामबाट नामाकरण गरि कायम गराएको पाइन्छ ।

क्षेत्रफल
यस गाउँपालिकाको कूल क्षेत्रफल १३३.९३ बर्ग कि.मी. अर्थात् १३, ३९३ हेक्टर रहेको छ । नव स्थापित यस गाउँपालिकालाई प्रशासनिक दृष्टिकोणबाट ६ वटा वडामा विभाजन गरिएको छ । साविक आङ्दिम गाविसको क्षेत्रलाई वडा नं. १ कायम गरिएको छ भने हमरजुङ गाविसको क्षेत्रलाई वडा नं. २ कायम गरिएको छ । यसैगरी पञ्चकन्या गाविसको क्षेत्रलाई वडा नं. ३ कायम गरिएको छ भने फाक्चामारा गाविसको क्षेत्रलाई वडा नं. ४ कायम गरिएको छ । यसैगरी साविक ओख्रे गाविसको क्षेत्रलाई वडा नं. ५ कायम गरिएको छ भने साविक सुदाप गाविसलाई वडा नं. ६ कायम गरिएको छ । नेपाल सरकारले साविक हमरजुङ गाविसको कार्यालयलाई छथर गाउँपालिकाको केन्द्र तोकेको छ ।