छथर गाउँपालिकाको  आधिकारिक वेबसाइटमा हजुरलाई स्वागत छ   “शिक्षा, कृषि, पर्यटन र पुर्वाधार, समृद्ध छथर निर्माणको आधार” छथर गाउँपालिका

कुल बहादुर बास्तोला

छथर गाउँपालिका नेपालको १ नं. प्रदेश अन्तरगत तेह्रथुम जिल्लामा अवस्थित छ । यो गाउँपालिका मध्य–पहाडी भेगमा पर्दछ । यहाँको हावापानी मध्यम खालको रहेको छ । भौगोलिक हिसाबले बिबिधतायुक्त रहेको यस गाउँपालिका क्षेत्र ऐतिहासिक हिसाबले निकै प्रख्यात रहेको थियो । पर्यटकीय हिसाबले अत्यन्तै महत्व बोकेको यो क्षेत्र अत्यन्त सुन्दर एवम् मनमोहक देखिन्छ ।

नामाकरण
पुर्वी नेपालको १७ थुम मध्येको एक थुम छथर हो । छथरको नामाकरणका सम्बन्धमा थुपै्र किम्बदन्तीहरु रहेका छन । छथर शब्द थङथरु शब्दबाट अपभ्रम्श भएको मानिन्छ, यसको अर्थ लडाई थामियो भन्ने हुन्छ । दस्तावेजहरुमा विक्रम सम्बत १८६७ बाट छथर लेख्न थालिएको हो ।