छथर गाउँपालिकाको  आधिकारिक वेबसाइटमा हजुरलाई स्वागत छ   “शिक्षा, कृषि, पर्यटन र पुर्वाधार, समृद्ध छथर निर्माणको आधार” छथर गाउँपालिका

सूचना तथा समाचार

“निःशुल्क दन्त शिविर २०७५”

गाउँ कार्यपालिकाको कार्यालय
स्वास्थ्य शाखा, तेह्रथुम
छथर स्वास्थ्य जाँगरण अभियान

“निःशुल्क दन्त शिविर २०७५”

अपिल

Pages

छथर गाउँपालिका नेपालको १ नं. प्रदेश अन्तरगत तेह्रथुम जिल्लामा अवस्थित छ । यो गाउँपालिका मध्य–पहाडी भेगमा पर्दछ । यहाँको हावापानी मध्यम खालको रहेको छ । भौगोलिक हिसाबले बिबिधतायुक्त रहेको यस गाउँपालिका क्षेत्र ऐतिहासिक हिसाबले निकै प्रख्यात रहेको थियो । पर्यटकीय हिसाबले अत्यन्तै महत्व बोकेको यो क्षेत्र अत्यन्त सुन्दर एवम् मनमोहक देखिन्छ ।

नामाकरण
पुर्वी नेपालको १७ थुम मध्येको एक थुम छथर हो । छथरको नामाकरणका सम्बन्धमा थुपै्र किम्बदन्तीहरु रहेका छन । छथर शब्द थङथरु शब्दबाट अपभ्रम्श भएको मानिन्छ, यसको अर्थ लडाई थामियो भन्ने हुन्छ । दस्तावेजहरुमा विक्रम सम्बत १८६७ बाट छथर लेख्न थालिएको हो । खेवाहाङ्गहरु लिम्बुवानका महत्वपुर्ण शक्तिको रुपमा गनिन्थे । वि.सं १८६७ ताका यिनै छथरे खेवाले आप्mनो छुट्टै अस्तित्व खडा गरि थुमको नाम नै आफ्नै छथरी खेवाको नामबाट नामाकरण गरि कायम गराएको पाइन्छ ।

क्षेत्रफल
यस गाउँपालिकाको कूल क्षेत्रफल १३३.९३ बर्ग कि.मी. अर्थात् १३, ३९३ हेक्टर रहेको छ । नव स्थापित यस गाउँपालिकालाई प्रशासनिक दृष्टिकोणबाट ६ वटा वडामा विभाजन गरिएको छ । साविक आङ्दिम गाविसको क्षेत्रलाई वडा नं. १ कायम गरिएको छ भने हमरजुङ गाविसको क्षेत्रलाई वडा नं. २ कायम गरिएको छ । यसैगरी पञ्चकन्या गाविसको क्षेत्रलाई वडा नं. ३ कायम गरिएको छ भने फाक्चामारा गाविसको क्षेत्रलाई वडा नं. ४ कायम गरिएको छ । यसैगरी साविक ओख्रे गाविसको क्षेत्रलाई वडा नं. ५ कायम गरिएको छ भने साविक सुदाप गाविसलाई वडा नं. ६ कायम गरिएको छ । नेपाल सरकारले साविक हमरजुङ गाविसको कार्यालयलाई छथर गाउँपालिकाको केन्द्र तोकेको छ ।