FAQs Complain Problems

सूचना

Pages

प्रकाशन

छथर गाउँपालिका

यस गाउँपालिकाको कूल क्षेत्रफल १३३.९३ बर्ग कि.मी. अर्थात् १३, ३९३ हेक्टर रहेको छ । नव स्थापित यस गाउँपालिकालाई प्रशासनिक दृष्टिकोणबाट ६ वटा वडामा विभाजन गरिएको छ । साविक आङ्दिम गाविसको क्षेत्रलाई वडा नं. १ कायम गरिएको छ भने हमरजुङ गाविसको क्षेत्रलाई वडा नं. २ कायम गरिएको छ । यसैगरी पञ्चकन्या गाविसको क्षेत्रलाई वडा नं. ३ कायम गरिएको छ भने फाक्चामारा गाविसको क्षेत्रलाई वडा नं. ४ कायम गरिएको छ । यसैगरी साविक ओख्रे गाविसको क्षेत्रलाई वडा नं. ५ कायम गरिएको छ भने साविक सुदाप गाविसलाई वडा नं. ६ कायम गरिएको छ । नेपाल सरकारले साविक हमरजुङ गाविसको कार्यालयलाई छथर गाउँपालिकाको केन्द्र तोकेको छ ।